आईसक्रिम
एकपटक एउटा सानो बालक एउटा होटलमा पुग्यो त्यहाँ उसको अर्डर लिनको लागि एउटा वेटर आयो । बालकले वेटरलाई भनिला आईसक्रिमको मूल्य सोध्यो । वेटरले त्यसलाई ५० रुपैयाँ पर्ने बतायो । बालकले खल्तिमा हात हाल्यो र पैसा गन्यो । उसँग ५० रुपैयाँ रहेछ । उसले वेटरलाई त्योभन्दा अलिकति सस्तो कुन फ्लेवरमा छ ? भनेर सोध्यो । वेटरले त्योभन्दा सस्तो सुन्तला फ्लेवरको आईसक्रिम रहेको अनि त्यसलाई ३५ रुपैयाँ पर्ने बतायो । बालकले सुन्तला फ्लेवरको आईसक्रिम मगाएर खायो अनि बिल मगायो । वेटरले बिल ल्याईदिएपछि बालकले आईसक्रिमको ३५ रुपैयाँको साथमा १५ रुपैयाँ टिप्स पनि थपेर त्यहाँ राखेर गयो ।