कर्मचारी र शिक्षकलाई दिने सुविधामा सरकारले विभेद गरेको काँग्रेसको आरोप 

कर्मचारी र शिक्षकलाई दिने सुविधामा सरकारले विभेद गरेको काँग्रेसको आरोप 

काठमाडौँ : सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा सुविधामा विभेद गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ।

बजेटमा शिक्षक तथा प्राध्यापकलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काजबाट वञ्चित गराएको काँग्रेसको शिक्षा विभागले आरोप लगाएको हो। 

‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ,’ काँग्रेस शिक्षा विभागले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘यी दुवै सेवा तथा सुविधाबाट शिक्षक तथा प्राध्यापकलाई वञ्चित गरेकोमा खेद प्रकट गर्दै नेपाल सरकारलाई यस्तो विभेदको अन्त्य गर्न आग्रह गरिन्छ।’

काँग्रेस शिक्षा विभागले विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

३१ जेठ, २०७८, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।