ब्राजिल र नेदरल्यान्ड्सको विजयी सुरुवात

ब्राजिल र नेदरल्यान्ड्सको विजयी सुरुवात

काठमाडौं : कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरु गरेको छ।

स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३ ० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो।

ब्राजिललाई जिताउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे। 

यस्तै नेदरल्यान्ड्सले १६ औँ युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ। आइतबार राति युक्रेनसँग भएको खेलमा नेदरल्यान्डले ३ २ गोलको जित निकालेको हो। 

जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले ३ अङ्क जोड्दै शीर्ष स्थान कायम गरेको छ।

३१ जेठ, २०७८, ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।