इजरायलमा १२ वर्ष सत्तामा रहेका नेतान्याहु पदमुक्त

इजरायलमा १२ वर्ष सत्तामा रहेका नेतान्याहु पदमुक्त

 

काठमाडौं : इजरायलमा १२ वर्षदेखि सत्तामा रहेका बेन्जामिन नेतान्याहु पदमुक्त भएका छन्। इजरायलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्। 

इजरायलमा दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले सरकारको नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका बीबीसीले जनाएको छ। उनले अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेका छन्। 

अब उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन्।

३१ जेठ, २०७८, ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।