इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

एजेन्सी : युरो कप अन्तरगत आइतबार बेलुका इंग्ल्याण्ड र क्रोएसियाबिचको खेलका क्रममा एक समर्थक स्टेडियमबाट खसेर गम्भीर घाइते भएका छन्। 

वेम्वली स्टेडियममा इंग्ल्याण्डले १-० को अन्तरले क्रोएसियालाई जितेको सो खेलमा एक दर्शक खसेका हुन्। स्टेडियमका प्रवक्ताले खेल सुरु भए लगत्तै एक दर्शक खसेर गम्भीर घाइते भएको पुष्टि गरेका छन्।

दर्शकलाई तत्काल प्राथमिक उपचार दिएर अस्पताल भर्ना गरिएको थियो। आयोजकले भने व्यक्तिगत गोपनीयता भनेर यसबारे केही बोलेका छैनन्।

सो खेल हेर्न स्टेडियममा १८ हजार दर्शकले प्रवेश पाए पनि क्षमता ९० हजारको रहेको बताइएको छ।

३० जेठ, २०७८, ०१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।