निषेधाज्ञा उलङ्घन गरेर होटेल चलाउनेलाई ४ लाख जरिवाना,ग्राहकलाई १५ हजार जरिवाना

निषेधाज्ञा उलङ्घन गरेर होटेल चलाउनेलाई ४ लाख जरिवाना,ग्राहकलाई १५ हजार जरिवाना

काठमाडौँ : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको निषेधाज्ञा उलङ्घन गरेर होटेल चलाएको भन्दै त्रिपुरेश्वरमा रहेको युनाइटेड बिजनेस होटेलका सञ्चालक र ग्राहकलाई प्रहरीले कारबाही गरेको छ। आइतबार होटेलमा ग्राहकलाई प्रवेश गराएर होहल्ला गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले होटेल सञ्चालक र ग्राहकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।

उनीलाई सङ्क्रमण रोग फैलाउने काम गरेको आरोपमा पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएकोमा उनीहरूलाई प्रशासनले जरिवाना गरेर छाडेको छ। प्रशासनले होटेल सञ्चालक श्रेष्ठलाई ४ लाख जरिवाना गरेको छ।

होटेलमा भेटिएका ८ जना ग्राहकहरूलाई १५–१५ हजारको दरले जरिवाना गरिएको छ।  जरिवानामा पर्नेमा तीन जना विदेशी नागरिक समेत छन्।

३० जेठ, २०७८, २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।