चलचित्र ‘चुरीफुरी’ टिमद्वारा २५ परिवारलाई राहत वितरण

चलचित्र ‘चुरीफुरी’ टिमद्वारा २५ परिवारलाई राहत वितरण

काठमाडौं : चलचित्र ‘चुरीफुरी’ परिवारले निषेधाज्ञाको मारमा परेका परिवारलाई खाद्यान्न तथा मास्क सहयोग गरेको छ।

चलचित्रका निर्माण टिमले काठमाडौको वसुन्धरामा रहेका २५ परिवारलाई खाद्यान्न सहितको सामाग्री वितरण गरेको हो। 

सरकारले देशभर गरेको निषेधाज्ञाका कारण बिहान–बेलुका छाक टार्न गाह्रो भएको केही एकल महिला, अपांग तथा मिर्गाैलाका बिरामी समेत रहेको ठाउँमा राहत वितरण गरेको निर्माता तथा निर्देशक ऋषिराज आचार्यले बताए। 

उनले भने, ‘सरकारले निषेधाज्ञाका कारण दैनिक ज्याला–मजदुरी गरेर खानेहरूलाई समस्यामा परेको देखियो। यस कारण वसुन्धरामा रहेको २५ परिवारलाई हाम्रो टिमले चामल, तेल, नुन, बिस्कुट, मास्क जस्ता सामग्री करिब २० दिनदेखि एक महिनालाई पुग्ने गरी सहयोग गरेका छौं।’ 

राहत वितरण कार्यक्रममा चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य अलवा सहनिर्माता विमला भुसाल सामेल भएका थिए। 
उक्त चलचित्र आगामी असोज १ गतेबाट चलचित्र हलमा रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। 

चलचित्रमा रविन्द्र झा, अभिषेक श्रेष्ठ, राजिवजंग बस्नेत, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पन्डित, सुनिता श्रेष्ठलगायतको अभिनय छ। 

चलचित्रमा ऋषिकै लगानी छ भने सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी छन्। चलचित्रलाई निर्देशक आचार्यले लेखेका हुन्। 

३० जेठ, २०७८, १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।