‘यो शिर झुकेको छैन’ गीत युट्युबमा

‘यो शिर झुकेको छैन’ गीत युट्युबमा

काठमाडौं : ‘यो शिर झुकेको छैन’ बोलको गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

टुबेल नोट्स युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ। 

शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको सिनेमाटोग्राफी र अन्जल शर्माको सम्पादन छ। गीतको भिडियोलाई केशब भट्टराई र निरज अर्यालले लगानी गरेका हुन् । 

कपिल अन्जानको शब्द रहेको उक्त गीतमा हरि लम्सालको स्वर र संगीत छ। 

गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गर्न खोजिएको छ।
 

३० जेठ, २०७८, १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।