युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

एजेन्सी: युरो कप २०२० अन्तर्गतको डेनमार्कको कोपनहेगनस्थित रङ्गशालामा डेनमार्क र फिनल्यान्डबिचको युरो कपको तेस्रो खेल सुखद बनेन।

खेलको ४२ औँ मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेको बेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढले। उनका टिमका खेलाडीहरूले उनलाई घेरा हालेर मेडिकल टिमलाई बोलाए।

तत्काल मैदान छिरेको मेडिकल टिमले मैदानमै प्राथमिक उपचार गरेर उनलाई अस्पताल पठायो। अस्पताल पूर्याएपछि उनको स्वास्थ्य अवस्थामा सुधार भएको जनाइएको छ। उनी सामान्य बोल्न सक्ने अवस्थामा फर्किएको बिएनओन्युजले जनाएको छ।

२९ जेठ, २०७८, ००:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।