कृष्णचन्द्रलाई फोनमार्फत पृथ्वीसुब्बाले भने- बधाई, कुरा गर्दै गरौला

कृष्णचन्द्रलाई फोनमार्फत पृथ्वीसुब्बाले भने- बधाई, कुरा गर्दै गरौला

तनहुँ : केन्द्रमा झै अन्तिम समयसम्म पनि मुख्यमन्त्री हुने प्रयास असफल भएपछि गण्डकी प्रदेशमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई फोन गरेर बधाई दिए।

फेसबुकमा सार्वजनिक भएको भिडियोमा नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले फोन गर्दै भने, ‘मुख्यमन्त्रीज्यू, मेरो र पार्टीको तर्फबाट बधाई छ। कुरा गर्दै गरौला।’ 

एमालेको सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपाल र स्वतन्त्र सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्। 

शुक्रबारै पोखरेल बहुमत पेस गर्दै सरकारमा दाबी गरे पनि नयाँ सरकार बनाउन अन्तिम समयसम्म चलखेल भएको थियो।

२९ जेठ, २०७८, २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।