वैद्यको अभिव्यक्तिप्रति एमालेको आपत्ति 

वैद्यको अभिव्यक्तिप्रति एमालेको आपत्ति 

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशका सांसद नरोत्तम वैद्यको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीमा फौजदारी कानुन आकर्षित हुने बताएका छन्। 

‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ,'एमाले प्रवक्ता ज्ञवालीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ।’

एमालेले प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय रहेको बताएको छ।

२९ जेठ, २०७८, १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।