वीरेन्द्रनगरमा दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट बन्दै 

वीरेन्द्रनगरमा दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट बन्दै 

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट स्थापना हुन लागेको छ। 

वीरेन्द्रनगर नगरपालिका, चौधरी ग्रुप र प्रदेश सरकारको संयुक्त लगानीमा अक्सिजन प्लान्ट बन्न लागेको हो।  

वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले अबको १५ दिनमा दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट सञ्चालन भइसक्ने बताए।

उनका अनुसार शुक्रबार प्लान्ट स्थापनाका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयसँग ६५ लाख रुपैयाँको सम्झौता भएको छ। 

‘अक्सिजन प्लान्टमा चौधरी ग्रुपको ६५ लाख, कर्णाली प्रदेश सरकारको ६५ लाख र नगरपालिकाको ३० लाख रुपैयाँ लागत रहने छ,’ उनले भने। 

२८ जेठ, २०७८, २३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।