एलिनाको स्वरमा ‘धोका दियौ’ सार्वजनिक  

एलिनाको स्वरमा ‘धोका दियौ’ सार्वजनिक  

काठमाडौँ : गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ। फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन्।

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका छन्। गीतको म्युजिक भिडियो निर्माण भएको छ। जसमा मोडल कृतिशा केसीले अभिनय गरेकी छन्। कृतिशासँगै भिडियोमा चिरञ्जीवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय रहेको छ। 

सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाङ्कन र डिन्सन शाहको सम्पादन छ।

२८ जेठ, २०७८, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।