सुदूरपश्चिमको नीति तथा कार्यक्रम : स्वास्थ्यलाई प्राथमिकता, अधिकांश कार्यक्रम दोहोरिए

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : स्वास्थ्यलाई प्राथमिकता, अधिकांश कार्यक्रम दोहोरिए

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतकै कार्यक्रम दोहोरिएका छन्। केही नयाँ कार्यक्रम पनि ल्याइएको छ। 

प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कोरोना भाइरसको महामारी नियन्त्रण, हाम्रो देश स्वस्थ प्रदेश, प्रदेश निर्वाचन क्षेत्र स्तरीय अस्पताल स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ।

यस्तै, सबैका लागि शिक्षा अभियान, एक जिल्ला एक नमुना क्याम्पस स्थापना, एक स्थानीय तह एक पुस्तकालय स्थापना, विज्ञान प्रविधि प्रतिष्ठान स्थापना, विकाससँग रोजगारी कार्यक्रम, एक निर्वाचन क्षेत्र एक खेल मैदान स्थापना, मुख्यमन्त्री खेलकुद, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाऊँ अभियान, प्रदेशका गाउँ उज्यालो बनाऊँ, मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, आवास सुधार कार्यक्रम, नमुना गाउँ, आफै बनाऔं लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।

प्रदेश सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दिगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

२७ जेठ, २०७८, २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।