कर्णालीमा फ्लोर क्रस गरेका एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको आदेश 

कर्णालीमा फ्लोर क्रस गरेका एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको आदेश 

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीले गरेकाे कारबाही थमौती गरी सांसदकै रुपमा कामकारबाही गराउन निर्देशन दिएको हो। तीमध्ये थापा, शाही र बुढा अहिले मन्त्री छन्। 

गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई पार्टीबाटै निष्कासन गरेको थियो। 

उनीहरुलाई दशौं राष्ट्रिय आयोजक कमिटीले कारबाही गरेको थियो।

आदेशमा दशौं राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको आधिकारिक संरचना नभएकाले कारबाही बदरभागी भएको उल्लेख छ। 
 
‘दशौं राष्ट्रिय आयोजक कमिटी नेकपा एमाले पार्टीको आधिकारिक संरचना होइन। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ,’ आदेशमा भनिएको छ।

२७ जेठ, २०७८, २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।