खोप सकियो भन्दै काठमाडौं महानगरपालिकाले रोक्यो भेरोसेल खोप अभियान

खोप सकियो भन्दै काठमाडौं महानगरपालिकाले रोक्यो भेरोसेल खोप अभियान

महानगरपालिकाले आज (बिहीबार) सूचना जारी गर्दै ३२ वटै वडामा सञ्चालन भइरहेको खोप अभियान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो। 

‘स्वास्थ्य सेवा विभागबाट २०७८ जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले सोही दिनबाट काठमाडौं महानगरपालिकाको १ देखि ३२ वटा वडामा सञ्चालन गरिएको खोप अभियान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ। 

सरकारले गत मंगलबारबाट काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका नागरिकका लागि खोप अभियान सञ्चालन गरेको हो। अभियान आगामी शनिबारसम्म चल्ने छ।

२७ जेठ, २०७८, २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।