प्रदेश आयुर्वेद औषधालयका दुई डाक्टरमाथि हातपात

प्रदेश आयुर्वेद औषधालयका दुई डाक्टरमाथि हातपात

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालन गरेको कोभिड अस्पतालबाट घरतर्फ जान लागेका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि बिहीबार बेलुका ६ बजेतिर हातपात भएको हो। 

‘कोभिड १९ संक्रमित बिरामी हेरेर घरतर्फ जानका लागि अस्पतालको गेटमा पुगेका बेला फोन आयो, कुरा गर्दै थिएँ,’ डा. रिजालले भने, ‘तीन चार जना युवकले आक्रमण गरे।’ 

आक्रमणबाट डा. रिजालको मुख र कुममा चोट लागेको छ। 

डाक्टरमाथि आक्रमण गर्ने युवाले अस्पतालमा पनि ढुंगामुढा गरेका थिए।

यसैबीच, प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले डाक्टरमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको बताए। 

 ‘पक्राउ गरेर ल्याएका छौं। घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘किन र के कारणले आक्रमण भयो, अनुसन्धानपछि खुल्ला।’

२७ जेठ, २०७८, १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।