नागरिकता अध्यादेशको कार्यान्वयन रोकियो

नागरिकता अध्यादेशको कार्यान्वयन रोकियो

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

आज बसेको संवैधानिक इजलासले नागरिकता जस्तो संवेदनशील विषय ऐनबाटै आउनुपर्ने भन्दै रिटको टुङ्गो नलागेसम्म अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहभागी थिए।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहको माग सम्बोधन भन्दै सरकारले अध्यादेश जारी गरेर नागरिकता ऐनमा रहेको नागरिकता पाउने केही प्रावधान संशोधन गरेको थियो। 

२७ जेठ, २०७८, १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।