सोमबारदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सुचारु, मन्त्री थापालाई प्रवेश नदिइने

सोमबारदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सुचारु, मन्त्री थापालाई प्रवेश नदिइने

सुर्खेत : प्रदेश सरकारका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्तीको माग राखी नेकपा एमालेले सोमबारदेखि अवरुद्ध गर्दै आएको कर्णाली प्रदेशसभा बैठक आज सुचारु भएको छ। 

सरकार पक्ष र एमालेसहितका दलहरुबीच आज भएको छलफलमा मन्त्री थापालाई जेठ ३० गतेसम्म प्रदेशसभा प्रवेश गर्न नदिने र एमालेले बैठकमा अवरोध नगर्ने सहमति प्रदेशसभा बैठक सुचारु भएको हो। 

मन्त्री थापाविरुद्ध सर्वाेच्चमा मुद्दा विचाराधीन रहेको खुलासा भएपछि एमालेले थापालाई बर्खास्तीको माग गरी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो। 

मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठक अवरुद्ध हुँदै गएपछि आज सरकार पक्ष र दलहरुबीच छलफल भएको थियो। 

२७ जेठ, २०७८, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।