‘सुनसरी इनरुवा’मा रामकृष्ण र रिमाकाे अभिनय

‘सुनसरी इनरुवा’मा रामकृष्ण र रिमाकाे अभिनय

काठमाडौ : गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईले गाएको ‘सुनसनी इनरुवा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक रामकृष्ण ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय रहेको उक्त भिडियो गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।  

युवराज वाइवाको निर्देशन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्। 

गीतमा शब्द र संगीत उमेश रेग्मीको छ। उनले गीतमार्फत आफ्नो गृहनगर सुनसरीको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरेका छन्। 

गीतको म्युजिक भिडियो पनि इनरुवामा छायांकन गरिएको रेग्मीले बताए। 

निलास पौडेलले छायांकन गरेकाे भिडियोमा इनरुवाको रामधुनी, देवीथान, लाटीमाई, कंश मरण लगायतका मठ मन्दिर क्षेत्रकाे दृश्य खिचिएकाे छ।

२७ जेठ, २०७८, १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।