सेयर बजार नेप्से झिनो अङ्कले घट्यो

सेयर बजार नेप्से झिनो अङ्कले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार झन्डै २ अङ्कले घटेको छ। हिजो पनि सेयर बजार नेप्से १३.५६ अङ्कले घटेको थियो। 

नेप्सेको सेन्सेटिभ इन्डेक्स भने २.५९ अङ्कले बढेको छ। आज २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर किनबेच भएको छ। नेप्सेमा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको सेयर कारोबार भएको छ। 

कारोबारमा आएका विकास बैङ्क, जलविद्युत, फाइनान्स, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूहको सेयर मूल्य बढेको छ। कारोबारमा आएका बाँकी समूहको सेयर मूल्य घटेको छ।

२७ जेठ, २०७८, १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।