फ्रन्टलाइनरलाई भ्याक्सिनको भरोसा, खोप लगाउनेलाई स्वास्थ्य जटिलता न्यून

फ्रन्टलाइनरलाई भ्याक्सिनको भरोसा, खोप लगाउनेलाई स्वास्थ्य जटिलता न्यून

काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण भइहाले पनि स्वास्थ्य जटिलता कम देखिएको छ।

खोप नलगाएकाभन्दा खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनर बढी सुरक्षित देखिएको चिकित्सकले बताएका छन्।  

संक्रमणका कारण स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र पत्रकारमध्ये सबैभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको देखिएको छ।  स्वास्थ्यकर्मीपछि पत्रकार र नेपाल प्रहरीको मृत्यु भएको छ।

स्वास्थ्यकर्मी

नेपालमा कोरोना भाइरस संक्रमणका कारण ३७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३७ मध्ये १० जना डाक्टर र २७ जना नर्स लगायतका स्वास्थ्यकर्मी ९हेल्थ वर्कर० को मृत्यु भएको हो।  

सबैभन्दा धेरै बागमती र प्रदेश २ मा क्रमशः ११र११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा अहिलेसम्म कोही स्वास्थ्यकर्मीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी ८ हजार ८ सय ३४ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भए। जसमध्ये २ हजार ३ सय ५ जना डाक्टर र ६ हजार ५ सय २९ जना नर्स लगायत स्वास्थ्यकर्मी संक्रमित भए।

मन्त्रालयले खोप लगाएका स्वास्थ्यकर्मी कति मृत्यु र संक्रमित भए, खोपको कस्तो प्रभाव प¥यो भन्ने अध्ययन गरेको छैन। 

तर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले खोप लगाएका केही स्वास्थ्यकर्मी संक्रमित भए पनि स्वास्थ्य जटिलता ननिम्तिएको जनाए।

उनले भने, ‘स्वास्थ्यकर्मीहरु केही इन्फेक्टेड भए। तर सिकिस्त भएनन्। पहिलो डोज लगाएका मान्छे पनि १र२ जना आए। तिनीहरुमा निमोनिया भयो। सुधार भयो।’ दोस्रो डोज लगाएका स्वास्थ्यकर्मी त संक्रमित भएर फाट्टफुट्ट टेकु अस्पताल पुगे पनि स्वास्थ्य जटिलता ननिम्तिएको बाँस्तोला बताउँछन्। 

त्यसैगरी टेकु अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुन पनि खोप लगाएका व्यक्तिमा स्वास्थ्य जटिलता खासै ननिम्तिएको बताउँछन्। विदेशको अध्ययन अनुसार खोप लगाउनेमा कम स्वास्थ्य जटिलता निम्तिएको पाइएको उनले बताए।

टेकु अस्पतालकै कुरा गर्दा अस्पताल पुग्नेमध्ये खोप लगाउनेमा स्वास्थ्य जटिलता निम्तिएको नदेखिएको उनले बताए। डा। पुनले भने, ‘अस्पताल आएका श्रीमान् र श्रीमतीमध्ये पनि भ्याक्सिन लगाएका संक्रमितमा खासै लक्षण थिएन। भ्याक्सिन नलगाएकामा समस्या देखियो।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की नेपालमा खोप लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विषयमा एकिन अध्ययन नभए पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा कम संक्रमित भएको देखिएको बताउँछन्। डा। कार्कीले भने, ‘दोस्रो लहरमा पहिलो लहरमा भन्दा कम संक्रमित भएको देखेका छौं।’ 

पहिलो लहरको तुलनामा दोस्रो लहरमा स्वास्थ्यकर्मी कम संक्रमित हुनुको कारण मुख्यगरी खोप, पिपिईको उपलब्धता तथा अनुभवका कारण पनि भएको उनले बताए। 

कोरोना विरुद्धको खोप लगाएकामा संक्रमणदर नै कम हुने उनले बताए। ‘खोप लगाएकामा इन्फेक्सन कम हुन्छ भनेकै छ। ‘इन्फेक्सन भइहाल्यो भने पनि सिभियर इन्फेक्सन नभएको देखिएको छ,’ डा। कार्कीले भने, ‘सिभियर इन्फेक्सन भइहाल्यो भने पनि मृत्यु एकदम कम देखिएको छ। ०।२ देखि ०।३ प्रतिशत देखिएको छ मृत्युदर।’ खोप लगाएका व्यक्तिमा मृत्युदर १ प्रतिशत भन्दा कम देखिएको चिकित्सक बताउँछन्।

नेपाल प्रहरी

नेपाल प्रहरीमा पनि खोप नलगाएका प्रहरी नै संक्रमणका कारण बढी प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार पहिलो र दोस्रो लहरमा गरी कोरोना भाइरस संक्रमणका कारण १६ जना प्रहरीको मृत्यु भएको छ।

कोरोना भाइरस सुरु भएदेखि २०७७ चैत मसान्तसम्ममा ७ हजार ३ सय १६ जना प्रहरी संक्रमित भए भने चैत मसान्तसम्ममा संक्रमणका कारण ६ जनाको मृत्यु भयो। 

त्यसैगरी दोस्रो लहरदेखि जेठ १९ गतेसम्ममा १ हजार ८ सय ४५ जना संक्रमित भए भने १० जनाको मृत्यु भयो। 

प्रहरीको तथ्यांक अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरको छोटो समयमा बढी मृत्यु भएको देखिन्छ। तर दोस्रो लहरमा पनि खोप नलगाएका प्रहरीको नै बढी मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जनाकारी दिए।

१र२ जना पहिलो डोज खोप लगाएका प्रहरीको मृत्यु भए पनि बाँकी खोप नलगाएका प्रहरीकै मृत्यु भएको प्रवक्ता कुँवर बताउँछन्। उनी भन्छन्, ‘खोप लगाएका परेका छैनन्। १र२ जना पहिलो डोज लगाएका परेका छन्।’

कोरोना भाइरस विरुद्धको खोप लगाएका ९ सय ३१ जना प्रहरी कर्मचारी संक्रमित भएको नेपाल प्रहरीले जानकारी दिएको छ। जेठ २० गते बिहीबार ९जुन ३० प्रहरीले उपलब्ध गराएको रिपोर्ट अनुसार सो संख्यामा खोप लगाएका प्रहरी संक्रमित भएका हन्। तर, पहिलो डोज लगाएका कति संक्रमित भए र दोस्रो डोज लगाएका कति संक्रमित भए भन्ने नछुट्टिएको प्रहरीले जनाएको छ।

जेठ २५ गते ९मंगलबार० सम्ममा ५० हजार प्रहरीले पहिलो चरणको खोप ९पहिलो डोज० लगाएको र ४० हजारले दोस्रो चरणको खोप ९दास्रो डोज० लगाएको नेपाल प्रहरी कुँवरले जानकारी दिए। उनले भने, ‘दुई वटै डोज लगाएका ४० हजार, पहिलो डोज लगाउने ५० हजार पुगे।’

सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको सवालमा पनि खोप नलगाएकाको नै मृत्यु भएको सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा। प्रवीण नेपालले जानकारी दिए। उनले भने, ‘मृत्यु भएका कोही पनि भ्याक्सिनेटेड छैनन्।’  

खोप लगाएका सशस्त्र प्रहरी कर्मचारीहरु संक्रमित भए पनि स्वास्थ्य जटिलता निम्तिएर आइसियु तथा भेन्टिलेटरमा नै पुग्ने अवस्था खासै नभएको अस्पतालका प्रवक्ता डा। नेपालले जानकारी दिए। उनले भने, ‘खोप लगाएका बिरामी खासै आइसियुमा गएका छैनन्।’ 

सशस्त्र प्रहरीका ६ जना प्रहरी कर्मचारीको संक्रमणको कारण मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। जसमध्ये पहिलो लहरमा ४ र दोस्रो लहरमा २ जनाको मृत्यु भएको हो। 

दोस्रो लहरमा मृत्यु भएका दुवै जनाले खोप नलगाएको उनले बताए। दुईमध्ये एक जना डायलाइसिस गराइरहेका बिरामी भएको उनले बताए।

त्यसैगरी हालसम्म २ हजार ६ सय ९८ जना सशस्त्र प्रहरी संक्रमित भएका छन्। जसमा पहिलो लहर ९२०७७ चैत मसान्तसम्म० मा २ हजार ९३ जना र दोस्रो लहर ९२०७८ वैशाख १ पछि० ६ सय ५ जना सशस्त्र प्रहरी संक्रमित भएका छन्। २ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन्। 

जेठ २६ गते २ सय ५५ जना सक्रिय संक्रमित रहेको सशस्त्रले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा दोस्रो लहरपछि ५० जना सशस्त्र प्रहरी संक्रमित भएको सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले जानकारी दिए। उपत्यकामा संक्रमित ५० जनामध्ये दुवै डोज खोप लगाएका ३७ जना, पहिलो डोज मात्रै खोप लगाएका ७ जना र दुवै डोज खोप नलगाएका ६ जना संक्रमित भएको सशस्त्र प्रहरीले जनाएको छ। 

नेपाली सेना

कोरोना भाइरस संक्रमणका कारण ७ जना नेपाली सेनाको मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन्। तर खोप लगाएका नेपाली सेना कति संक्रमित भए र खोप लगाएका तथा नलगाएका संक्रमितको विषयको भने नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ। सेनाका प्रवक्ता पौडेलले भने, ‘नेपाली सेनाले अध्ययन गरिरहेको छ।’ 

५० हजारभन्दा बढीले पहिलो डोज र २६ हजारभन्दा बढी सेनाले दोस्रो डोज खाप लगाइसेकेको सेनाले जनाएको छ।

जेठ २६ गतेको तथ्यांक अनुसार ६ हजार २ सय २२ जना सेना संक्रमित भएका छन् भने ५ हजार ८ सय २३ जना संक्रमणमुक्त भइसकेका छन्।  बुधबार ९२६ गते० सक्रिय संक्रमितको संख्या ३ सय ९१ रहेको सेनाले जनाएको छ।

पत्रकार

नेपालमा जेठ २५ गते कोरोना भाइरस संक्रमणका कारण १९ जना पत्रकारको मृत्यु भएकोे नेपाल पत्रकार महासंघले जनाएको छ। 

त्यसैगरी ९ सय ४० जना पत्रकार संक्रमित भएका छन् भने ७ सय ४३ जना पत्रकार संक्रमणमुक्त भएका छन्। तर महासंघले खोप लगाएका कति पत्रकारको मृत्यु भयो, कति संक्रमित भए तथा खोप लगाएका र नलगाएकामा संक्रमणको प्रभावका बारेमा छुट्याएको छैन।

महासंघको १० वटा प्रदेशमध्ये सबैभन्दा बढी प्रतिष्ठान प्रदेशमा संक्रमित भएका छन् भने सबैभन्दा कम एसोसिएट प्रदेशमा संक्रमित भएका छन्।

मृत्यु

स्वास्थ्यकर्मी : ३७

नेपाल प्रहरी : १६

सशस्त्र प्रहरी : ६

नेपाली सेना : ७

पत्रकार : १९

 

स्वास्थ्यकर्मी

जम्मा मृत्यु : ३७

डाक्टर : १०

अन्य स्वास्थ्यकर्मी : २७

संक्रमित स्वास्थ्यकर्मी

जम्मा : ८८३४

डाक्टर : २३०५

अन्य स्वास्थ्यकर्मी : ६५२९

 

नेपाल प्रहरी

खोप लगाएका संक्रमित संख्या : ९३१

जम्मा मृत्यु : १६

जम्मा संक्रमित : ९१६१

पहिलो लहरमा संक्रमित : ७३१६

दोस्रो लहरमा संक्रमित : १८४५

 

सशस्त्र प्रहरी

जम्मा संक्रमित : २६९८ 

पहिलो लहरमा संक्रमित : २०९३

दोस्रो लहरमा संक्रमित : ६०५

जम्मा मृत्यु : ६

खोप लगाएका मृतकको संख्या : ०

सक्रिय संक्रमित : २५५

काठमाडौं उपत्यकामा दोस्रो लहरमा संक्रमित : ५०

जसमध्ये दुवै डोज खोप लगाएका : ३७

पहिलो डोज खोप लगाएका : ७

खोप नलगाएका : ६

 

नेपाली सेना

जम्मा संक्रमितको संख्या : ६२२२

निको हुनेको संख्या : ५८२३

सक्रिय संक्रमित : ३९१

जम्मा मृतकको संख्या : ७

 

पत्रकार

जम्मा संक्रमित संख्या : ९४०

संक्रमणमुक्त हुनेको संख्या : ७४३

मृत्यु संख्या : १९

२७ जेठ, २०७८, १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।