‘दामी’ नामक र्‍याप गीत सार्वजनिक 

‘दामी’ नामक र्‍याप गीत सार्वजनिक 

काठमाडौँ : कपिल योगी उर्फ योङ किटको आवाजमा ‘दामी’ नामक नयाँ र्याप गीत सार्वजनिक भएको छ।

मेक मनी रेकर्डस्को युट्युब च्यानलमार्फत सार्वजनिक गीतको मिक्सिङ तथा मास्टरिङ मिस्टा चाम्ब्लिङले गरेका छन्। 

गीतको भिडियोलाई अनीश गौतम, साकार शाही, सचिन कार्की, सिजन महर्जन र सञ्जय सेन्चुरीले छायाङ्कन गरेका छन् भने वकाव भिजुयल्सले सम्पादन तथा भिएफएक्सको काम गरेको छ।

तीन वर्षदेखि अस्ट्रेलिया बसेका योगी झन्डै दुई वर्षदेखि र्याप गायनमा लागेका छन्। 

२७ जेठ, २०७८, १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।