सुनको भाउ : एक दिन बढ्ने, एक दिन घट्ने 

सुनको भाउ : एक दिन बढ्ने, एक दिन घट्ने 

काठमाडौँ : पाँच दिनदेखि सुनको भाउ एक दिन बढ्ने एक दिन घट्ने भइरहेको छ। आइबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबार ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

शुक्रबारको भाउमा ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार आइतबारको तुलनामा तोलामा ५ सय रुपैयाँ घटेर कारोबार भएको थियो।

मङ्गलबार फेरी तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ आइतबारकै मूल्यमा कारोबार भयो। हिजो बुधबार १ सय रुपैयाँ बढेको सुनको भाउ आज बिहीबार ३ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

महासङ्घका अनुसार तेजाबी सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलामा पाँच दिन देखि ५/५ रुपैयाँका दरले घटबढ भइरहेको छ। आज चाँदी तोलाको १३५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ भइरहेको बताए। नेपालको सुनको बजार अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण हुने भएकाले भाउ घटबढ भइरहेको बताए। 

२७ जेठ, २०७८, ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।