ब्रिटिस कलेजको सहयोगमा आविष्कार केन्द्रले कोभिड–१९ स्वास्थ्य सामग्री वितरण गर्ने

ब्रिटिस कलेजको सहयोगमा आविष्कार केन्द्रले कोभिड–१९ स्वास्थ्य सामग्री वितरण गर्ने

काठमाडौँ : काठमाडौँ थापाथलीमा रहेको द ब्रिटिस कलेज र राष्ट्रिय आविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर) ले फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गर्ने बताएका छन्।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्न ब्रिटिस कलेजले सहयोग गर्ने जनाएको छ। 

ब्रिटिस कलेजका निर्देशक महेन्द्र राज कँडेलले कोभिड १९ विरुद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्ने बताए। 

कँडेलका अनुसार सामूहिक रूपमा, टिबिसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीहरू वितरण गर्ने लक्ष्य राखेको छ। सहकार्यको सम्झौता अनुसार टिबिसीले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान दिनेछ। यो उद्देश्य प्राप्तिका लागि एनआइसीले साङ्गठनिक र व्यक्तिगत रूपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ।

कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरूलाई सहयोग पुर्याउन सुरक्षात्मक उपकरण विकास गर्ने र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउने टिबिसी र इनोभेसन सेन्टरले जनाएका छन्। 

सबैभन्दा धेरै खाँचोमा परेकालाई सहयोग पुर्याउने दाबी दुवै संस्थाले गरेका छन्। टिबिसीको इनोवेशन हब र इनक्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्रोजेक्टमा अनुसन्धान हुनेछ।

एनआईसी अधिकारीहरूद्वारा निरीक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन्। यसले महामारीकाबीच कसरी सङ्कटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा एनआइसीले गरेको छ। 

२७ जेठ, २०७८, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।