सेयर बजार नेप्से १३ अङ्कले घट्यो

सेयर बजार नेप्से १३ अङ्कले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार १३ अङ्कले घटेको छ। नेप्से १३.५६ अङ्कले घटेर २ हजार ९४६.५८ बिन्दुमा रहेको छ। 

नेप्सेमा आज १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएका २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। 

व्यापार, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा, म्युचुअल फन्ड बाहेक अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। नेप्सेको प्रि ओपनिङ सेसन ३४.९४ अङ्कले बढेको थियो। 

२६ जेठ, २०७८, १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।