आमिर खानको छोरा जुनैद पनि फिल्ममा, 'महाराजा' बाट डेब्यु गर्दै

आमिर खानको छोरा जुनैद पनि फिल्ममा, 'महाराजा' बाट डेब्यु गर्दै

एजेन्सी : भारतीय अभिनेता आमिर खानको छोरा पनि अभिनय क्षेत्रमा सक्रिय हुने भएका छन्। अमिरका छोरा जुनैद खान 'महाराजा' फिल्मबाट डेब्यु गर्दै छन्।

उनले यस फिल्मको सुटिङ सुरु गरिसकेको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार उनले २५ जना जुनियर कलाकारसँगै सुटिङ सुरु गरेका छन्। फिल्म 'महाराजा' सुटिङका लागि एक सय बढी कलाकारले कोरोना विरुद्धको खोप लिइसकेका छन्।

उनीहरूको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २५ जना कलाकारको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई सुटिङका लागि बोलाइएको हो।

जुनैद अमिरको जेठो सन्तान हुन्। फिल्मको सुटिङ २०२१ फेब्रुअरीमा सुरु गरिए पनि कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै रोकिएको थियो। कोरोना सङ्क्रमण घट्दै गएपछि टिमले पुन निर्माणको काम सुरु गरेको हो। फिल्म प्रसिद्ध महाराजा परिवाद विषयमा केन्द्रित रहेको बताइएको छ।

यो घटना एक हजार ८ सय को आसपासको हो। जुनैद यस चलचित्रमा पत्रकार-सुधारक करसनदास मुलजीको भूमिकामा छन्।

२६ जेठ, २०७८, १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।