विघटनसम्बन्धी मुद्दामा सुनवाइ गर्न संवैधानिक इजलास सुरु 

विघटनसम्बन्धी मुद्दामा सुनवाइ गर्न संवैधानिक इजलास सुरु 

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास सुरु भएको छ। 

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशबारे भएको विवाद टुङ्गो लगाउने तयारी गरेका छन्। दुई दिन इजलास स्थगित गरेका प्रधानन्यायाधीश राणाले विवाद टुङ्गो लगाउने तयारी गरेका हुन्। 

सरकारी पक्षका कानुन व्यवसायीले इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको नाममा प्रश्न उठाएका छन्। आइतबार गठन भएको इजलासमा न्यायाधीश बस्ने नबस्ने विवाद भएपछि विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

प्रधानन्यायाधीश राणालाई सन्चो नभएपछि दुई स्थगित भएको इजलास आज बसेको हो। प्रधानन्यायाधीश राणाले शेरबहादुर देउवाको रिटबाट बहस सुरु गर्न भनेका छन्। इजलासले बहस गर्न मुख्य रिट निवेदकलाई ३० मिनेट समय निर्धारण गरेको छ। 

२६ जेठ, २०७८, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।