महामारीको लुम्बिनी : शान्त, सफा र हराभरा (फोटो फिचर)

महामारीको लुम्बिनी : शान्त, सफा र हराभरा (फोटो फिचर)
तस्बिर : दीपक घिमिरे

लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनी। विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यतिबेला सुनसान छ। कोरोना महामारीका कारण बुद्धजयन्तीका दिन पनि लुम्बिनीमा भिडभीड हुनेगरी औपचारिक कार्यक्रम चलेका छैनन्।

तर, बुद्ध जन्मस्थल प्राकृतिक सुन्दरताले भरिभराउ भएको छ। ढकमक्क फूल फुलेका छन्, बुद्ध जन्मस्थल लम्बिनीमा।

लुम्बिनीको बौद्ध विहार र गुम्बा यतिबेला प्रदूषणमुक्तमात्र भएका छैनन्, शान्त, सफा र हराभरा भएका छन्।

मायादेवी मन्दिर प्रवेशद्वार बन्द गरिएको छ। पर्यटकीय आकर्षणका क्षेत्र केन्द्रीय नहर, शान्तिद्वीप, साउथ पोन्ड र सर्कुलर लेभी सबै सुनसान छन्।

लुम्बिनी भित्रका मन्दिर, विहार, गुम्बा र स्तुपहरु सबै बन्द छन्।

१२ जेठ, २०७८, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।