फोटो कथा

ललिपप अडान कायम छ…

उकेरा संवाददाता


माओवादी केन्द्र र एमाले मिलन भएर नेकपा बनेदेखि सर्वोच्च अदालतको आदेशमा पुन एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग सैद्धान्तिक र व्यवहारिक रूपमा मतभेद राख्दै आएका नेता माधव नेपाल एकाएक ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने अभ्यासमा पछि हटे।

जनता समाजवादी पार्टीमा एक मत नहुँदा नयाँ सरकार गठनका लागि चाहिने आवश्यक मत नपुग्ने भए पनि नेपाल परिआए आफ्ना सांसदलाई राजीनामा गराएर भए पनि बहुमत  पूर्याउने दाबी गर्दै आएका थिए। तर व्यवसायी रामेश्वर थापाको बुढानीलकण्ठमा रहेको घरमा ओलीसँगको वार्तापछि उनी एकाएक बदलिए।

जेठ २ को अवस्थामा एमाले फर्कनुपर्ने अडान राख्दै आएका छन् नेपालले। त्यो भनेको रामबहादुर थापासहितलाई दिएको पार्टीको जिम्मेवारी खारेजसँगै पार्टीको केन्द्रीय समिति ब्युँताउने लगायतका महत्त्वपूर्ण माग हुन्। जसलाई दिएको पार्टीगत जिम्मेवारी खारेजको माग राखेका छन् शुक्रवार उनलाई नै सहभागी गराएर ओलीले बैठक राखिदिए।

नेपालको राजनीतिमा अडानहीन भनेर चिनिएका उनी यो पाली पनि ओलीको विकल्प खोज्न जे त्याग गर्न पनि तयार अडानमा टिक्न सकेनन्। तर उनले भोलिका दिनमा पनि पक्कै भन्नेछन् हाम्रो अडान कायमै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रपति-प्रधानमन्त्रीको पुतला जलाउने र निभाउने होडबाजी

उनीहरूले विरोध प्रदर्शन गर्ने सूचना पाएर प्रहरी र सशस्त्र प्रहरी पहिल्यै सडकमा खटिइसकेका थिए। प्रहरी जर्किनमा पानी....

निषेधाज्ञाले छेक्न नसकेको बाल्यकाल

बढो सकसमा बितिरहेको छ बालबालिकाको दैनिकी। तैपनि लुकिछिपी मनोरञ्जन गर्न लुसुक्क घरबाट निस्कनेहरू छन् है। जहाँ अलि....

गणतन्त्रको भक्तपुरे मुड

भित्र गल्ली छिर्दा लकडाउन छ भन्ने आभास नै हुँदैनथ्यो। ....

साँझको स्वयम्भू : लकडाउनमा बुद्ध

साँझतिर स्वयम्भू पुग्दा फाट्टफुट्ट अनुयायीहरू थिए स्वयम्भूमा। बत्ती बाल्दै आस्था व्यक्त गर्नेहरूको सङ्ख्या फाट्टफुट्ट देखियो।  

‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नागरिकलाई जोगाउनुको साटो सरकारको ध्यान अन्यत्र मोडिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।  बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनका....