एंकर न्युज

आर्यघाटमा सत्ताको 'फ्याक्ट चेक'

सार्वजनिक हुने तस्बिरहरूमा देखिए अनुसार बालुवाटारमा बस्दा मास्क लगाउने बानी छैन हाम्रा प्रधानमन्त्रीलाई। खुट्टामा भने लगाउँछन् प्रोटेक्सन। बागमतीको किनाराबाट उड्ने तथ्य मिसिएको हावा त बालुवाटारमा पनि पुग्ला नि है!

उकेरा संवाददाता


काठमाडौँ : पशुपतिको कोरोना सङ्क्रमित घाट पुग्दा तीन वटा चिता निभ्दै थिए। पाँच चिता आधाआधी। २ वटा चिता दनदनी दन्किरहेका थिए। सायद सत्ताको पोल खुल्ला भनेर होला विद्धुतिय शव दाह गृह परिसरमा अहिले बार लगाएर थप शव जलाउने स्थान बनाइएको रहेछ। 

वरिपरि लगाएको बारले शवको सङ्ख्या त छेकिरहेको थियो। तर सत्ताको भ्रम छेक्न असमर्थ। तेस्रो पटक प्रधानमन्त्रीको शपथ खाए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे अस्पतालमा बेड र अक्सिजनको कुनै कमी छैन। सब ठिकठाक छ भन्ने सत्ताको फ्याक्ट चेक चितामा दन्की रहेका लप्काले गरिरहेका थिए।

विद्धुतिय शव गृह जाने सडक किनारमा सवारीसाधन लाम लगाएर राखिएको थियो। गेटबाट चियाउँदा भर्खरै आइपुगेको शव वाहनबाट पिपिई लगाएकाहरू अर्को शव निकाल्दै थिए। रोदन बाहिरैसम्म सुनियो। 

हरेक दिन कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २ सय पारी कटिरहेको छ। शुक्रवार मात्र कोरोना सङ्क्रमणबाट २ सय ३ जनाको ज्यान गुम्यो। नेपालको अवस्था भारतको भन्दा पनि डरलाग्दो बन्दै गइरहेको छ।

सङ्ख्याको आधारमा भारत अगाडि देखिए पनि जनसङ्ख्याको अनुपातको आधारमा नेपालको अवस्था डरलाग्दो देखिएको छ। अक्सिजनको अभाव बढ्दो छ। सरकारी अस्पतालमा उपचाररत सङ्क्रमितका लागि लैजान भरिएका अक्सिजन ग्यासका सिलिन्डर राज्यकै निकाय प्रहरीबाट लुटिएका घटना सार्वजनिक भएका छन्।

तर प्रधानमन्त्रीको दाबी हेर्ने हो भने केही भएकै छैन। सब ठिकठाक छ। जो जसले अक्सिजन छैन, अस्पतालमा बेड छैन भन्नु सरकारविरुद्ध भ्रम फैलाउने षड्यन्त्र मात्र हो। 

तर  खोला किनारामा थपिँदै गएको दाउराको चिताले सब ठिकठाक छ भन्ने सरकारको फ्याक्ट चेक गरिरहेको थियो। र भनिरहेको थियो। फेक छ सरकार।

शपथ खान शीतल निवास जाने अनि पार्टीको कुरा मिलाउन व्यापारीको घर जाने फुर्सद हुने प्रधानमन्त्रीलाई बागमती किनारमा गएर फ्याक्ट हेर्ने फुर्सद छैन।

सार्वजनिक हुने तस्बिरहरूमा देखिए अनुसार बालुवाटारमा बस्दा मास्क लगाउने बानी छैन हाम्रा प्रधानमन्त्रीलाई। खुट्टामा भने लगाउँछन् प्रोटेक्सन। बागमतीको किनाराबाट उड्ने शवको धुँवा मिश्रित हावा त बालुवाटारमा पनि पुग्ला नि है!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन्....

पार्टी फुट्ने डरले मन्त्री छान्न सकेन जसपाले, राजकिशोरले नयाँ दल खोल्ने भयमा यादव 

उनले भनेको अध्यादेश हो राजनीतिक दल सम्बन्धी, जसको आधारमा जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। त्यसकै आधारमा एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी....

नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान....

चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ....

कम्पनीले कागजात नबनाइदिँदा साउदीमा ४० नेपाली कामदार अलपत्र

काठमाडौं : बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने....