फोटो कथा

जनता अक्सिजनको लाइनमा, सांसद खोपको लाइनमा

कृष्पा श्रेष्ठ


काठमाडौँ संसद् अधिवेशन नभए पनि आज संसद् भवन नयाँ बानेश्वरको ल्होत्से भवनमा सांसदहरूको लाइन थियो। सबै दलका सांसदहरू लामबद्ध थिए। कारण उनीहरू कोभिशिल्डको दोस्रो डोज लगाउन भेला भएका थिए। 

गत फागुन १९, २० र २१ गते निजामती अस्पतालमा दुवै सांसदका ३३४ जना सांसद, संसद् सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा खटिने कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारलाई खोप लगाइएको थियो।

अहिले त्यसैको निरन्तरतामा दोस्रो खोप लगाइएको हो। दोस्रो डोजको खोप तीन दिन लगाइने संसद् सचिवालयले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रपति-प्रधानमन्त्रीको पुतला जलाउने र निभाउने होडबाजी

उनीहरूले विरोध प्रदर्शन गर्ने सूचना पाएर प्रहरी र सशस्त्र प्रहरी पहिल्यै सडकमा खटिइसकेका थिए। प्रहरी जर्किनमा पानी....

निषेधाज्ञाले छेक्न नसकेको बाल्यकाल

बढो सकसमा बितिरहेको छ बालबालिकाको दैनिकी। तैपनि लुकिछिपी मनोरञ्जन गर्न लुसुक्क घरबाट निस्कनेहरू छन् है। जहाँ अलि....

गणतन्त्रको भक्तपुरे मुड

भित्र गल्ली छिर्दा लकडाउन छ भन्ने आभास नै हुँदैनथ्यो। ....

साँझको स्वयम्भू : लकडाउनमा बुद्ध

साँझतिर स्वयम्भू पुग्दा फाट्टफुट्ट अनुयायीहरू थिए स्वयम्भूमा। बत्ती बाल्दै आस्था व्यक्त गर्नेहरूको सङ्ख्या फाट्टफुट्ट देखियो।  

‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नागरिकलाई जोगाउनुको साटो सरकारको ध्यान अन्यत्र मोडिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।  बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनका....