शिक्षा

एमयूले नियुक्त गर्‍योे रिक्त भएका डीन, निर्देशक र क्याम्पस प्रमुख

जगतदल जनाला विक


सुर्खेत : मध्य पश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका डीन, निर्देशक र क्याम्पस प्रमुखसहित १७ पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको छ। 

‘विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको छ,’ एमयूका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने, ‘विश्वविद्यालयलाई विभिन्न खाले दबाब र प्रभावबाट मुक्त गरेर नमुना विश्वविद्यालय बनाउन खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेका हौँ।’

उपकुलपति सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन्।

त्यसै गरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश (सिपी) रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा. डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा. डा. सुधन झा नियुक्त भएका छन्।

विश्वविद्यालयले ९ वटा आङ्गिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ। जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि....

त्रिविको पढाइ र परीक्षा अन्योलमा 

उनीसँगै अध्ययनरत केही छात्र/छात्राले समेत त्यही माग राखी क्याम्पस प्रशासनलाई इमेल पठाए।  ‘कोरोनाको दोस्रो चरण फैलिएपछि सञ्चालन भइरहेको परीक्षा स्थगित भयो। नयाँ कक्षा पनि सञ्चालन....

मेडिकल शिक्षालाई गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न डा. केसी अलायन्सको अपिल

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्न पदाधिकारीहरूलाई अलायन्सले अपिल गरेको हो।  यस्तै अलायन्सले दुर्गा प्रसाईँले....

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था....

शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न कांग्रेसको माग

कांग्रेसको शिक्षा विभागले विज्ञप्ति निकालेर विद्यालय तहमा कार्यरत बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च....