एसइई र कक्षा १२ को परीक्षा स्थगित

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था देखिएन,’पौडेलले भने ‘अर्को सूचना नआउन्जेल सम्म परीक्षा स्थगित गर्ने निर्णय गरेका छौँ। 

बोर्डले यस अघि जेठ १३ गतेबाट परीक्षा लिने तयारी गरेको थियो। गत वर्ष विद्यालयमा लिने प्रिबोर्डको आधारमा एसइई उत्तिर्ण गरे पनि यसपालि भने परिस्थिति सहज भएपछि परीक्षा नै लिने तयारी बोर्डले गरेको पौडेलले बताए। 

२७ बैशाख, २०७८, ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।