कभर स्टोरी

कमिसन मागेर खोप रोकेको आरोपित कम्पनीलाई नै खोप ल्याउने अनुमति

उपेन्द्र खड्का


काठमाडौँ : सरकारले भारतबाट ल्याउन लागेको कोभिशिल्ड रोकेको आरोप लागेको कम्पनीले नै सो खोप आयात गर्ने अनुमति पाएको छ।  औषधी व्यवस्था विभागले कोरोनाभाइरस विरुद्धको खोप आयातका लागि हुकम डिस्ट्रिब्युर्टर्स प्रालि र इमराल्ड फर्मालाई अनुमति दिएको हो।

कोभिशिल्ड र कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनीलाई अनुमति पत्र दिएको विभागका महानिर्देशक भरत भट्टराईले जनाकारी दिए। २२ गतेको निर्णय अनुसार विभागले आयात अनुमतिका लागि अनुमति पत्र (लाइसेन्स) दिएको उनले बताए। 

बुधवार अनुमति पाएको हुकममाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतबाट ल्याउन लागेको ५० लाख डोज खोप कमिसनका लागि रोकेको आरोप लागेको थियो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उकेरासँगको कुराकानीमा कोभिशिल्ड बनाउने भारतीय कम्पनीको नेपाल प्रतिनिधिले खोप ल्याउन अवरोध पूर्याएको सार्वजनिक गरेका थिए।

बुधवार विभागले कोभिशिल्ड खोप आयातको लागि उही हुकम डिस्टिव्यूटर्स प्राविलाई अनुमति दिएको हो। त्यसै गरी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप आयातका लागि भने इमराल्ड फर्माले अनुमति पाएको छ।

अक्स्फोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो। कोभ्याक्सिन भारत बायोटेक इन्टरनेश्नल लिमिटेडले उत्पादन गरेको हो। 

यी खोपले नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेका छन्। कोभिशिल्ड खोपले अपतकालिन प्रयोगका लागि गत माघ २ गते अनुमति पाएको थियो भने कोभ्याक्सिनले चैत ६ गते अनुमति पाएको थियो। कोभिशिल्ड खोप नेपालमा प्रयोग पनि भइसकेको छ। 

औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता, २०७७ र औषधि दर्ता नियमावली अनुसार खोप आयातका लागि अनुमित दिइएको महानिर्देशक भट्टराइले जानकारी दिए। 

‘आपतकालिन खोप सम्बन्धी संहिता छ। संहिता बमोजिम हामीले त्यो अनुसारको प्रावधानमा औषधिको दर्ता नियमावली अनुसार अनुसूची ७ लाई प्रदान गर्‍यौ,’ महानिर्देशक भट्टराइले भने,‘ अनुमति दिएपछि अब आवश्यकता अनुसारको खोप उनीहरूले ल्याउन सक्छन्।’

अनुसूची ७ बमोजिम इपोर्ट लाइसेन्स दिएको उनले बताए। मापदण्ड अनुसार आयातकर्ताले १० प्रतिशत मुनाफा लिन पाउने उल्लेख छ।

विभागले २०७७÷१२÷२ गते खोपको आपतकालिन प्रयोग र आयात अनुमतिका लागि आवेदन दिन अनुरोध गरेका थियो। 

विभागले चैत २ गते जारी गरेको सूचनामा‘...खोपको एक्स–फ्याक्ट्री, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्क समेत विश्लेषण गरी मुनाफा बढिमा १० प्रतिशत कायम हुने गरी आउने मुल्यको लागत विवरण सहित अन्तिम मूल्य खुलाई प्रति खोपमा आपूर्ति गर्न सकिने परिणाम र सो को लागि लाग्ने समयको प्रक्षेपण समेत उल्लेख गरी दर्ता÷ आयत अनुमतिका लागि शीघ्र आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’ 

विभागले पुनः २०७७÷१२÷८ मा कोभिड–१९ खोपको आपतकालिन प्रयोग र आयत अनुमतिका लागि निवेदन प्राप्त नभएको भन्दै सूचना निकाल्यो। विभागले पुनः जारी गरेको विज्ञप्तिमा कुनै रितपूर्वक आवेदन प्राप्त नभएको देखिएकाले थप ७ (सात) दिनको अवधि कायम हुने गरी पुनः यो सूचना प्रकाशित गरिएको’ उल्लेख थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोना प्रतिरोध क्षमता पत्ता लगाउन १३ हजारमा एन्टिबडी परीक्षण हुँदै, वैधतामा विज्ञको शङ्का

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमण भएर कति व्यक्तिमा एन्टिबडी बन्यो भन्ने जानकारीका लागि सात वटै प्रदेशमा करिब १३ हजारमा एन्टिबडी परीक्षण....

मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले हुँदै स्वतन्त्र सांसद बनेका उनले प्रदेश सांसदको शपथै बढो कठिनसाथ खान पाएका थिए। एमालेको साथ पाउँदा प्रदेश सांसद बनेका उनले आफ्नो....

माओवादीका भरिया सिपाहीको प्रश्न : मलाई अपांग बनाउने बाहेक क्रान्तिले के दियो ?

देश र जनताका लागि लड्दै छु भन्ने गर्व थियो उनमा। तर राईका लागि त्यो गर्विलो क्षण त्यही १६ वैशाखको साँझ एकै छिनमा विलय भयो। एम्बुस....

हिम्मत नआउँदा बुबालाई सम्झन्छन्, हेमराज पुत्र प्रज्वल

विद्युत प्राधिकरणमा करारका जागिरे प्रज्वल बञ्जाडे सन्धीखर्क नजिकै अर्घामा बिजुलीको पोल बिग्रेर बनाउन गएका रहेछन्। औपचारिक कुराकानीपछि हामीसँग धेरै बेर बोल्न सकेनन्। मामाको पसलभन्दा केही....

राउटे युवतीमाथि टिकटक 'भ्युज' ले निम्त्याएको विपत्ति,समुदायले अस्वीकार गर्ने जोखिम

अन्तर्वार्ता सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा भाइरल बन्यो। अन्तर्वार्तामा उनीहरूको व्यक्तिगत जीवनदेखि समुदायका सबै गतिविधि केन्द्रित थियो।  सो भिडियो भाइरल बनेपछि ती युवतीसँग टिकटक....