कोरोना महामारी : आज पनि नयाँ रेकर्ड, ५८ को मृत्यु, ८६५९ संक्रमित

कोरोना महामारी : आज पनि नयाँ रेकर्ड, ५८ को मृत्यु, ८६५९ संक्रमित

पछिल्लो गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५८ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो।

बुधबार २४ घण्टामा २१ हजार ३ सय ७२ नमुना परीक्षण गरिएकोमध्ये ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। घिल्लो दिन यो संख्या ७ हजार ६ सय ६० थियो।

नेपालमा हालसम्म ३ लाख ५९ हजार ६ सय १० संक्रमित भएका छन् भने मृतकको संख्या ३ हजार ४ सय ७५ पुगेको छ। अघिल्लो दिन ५५ जनाको मृत्यु भएको थियो।

नेपालमा सक्रिय संक्रमण दर १८.४५ प्रतिशत रहेको छ भने निको हुनेको दर ८०.५८ प्रतिशत छ।

त्यसैगरी नेपालमा पुरुषको संक्रमण दर ६३.१५ प्रतिशत छ भने महिलाको संक्रमणदर ३६.८५ प्रतिशत छ।

नेपालमा परीक्षण गरेकामध्ये १४.१ प्रतिशत संक्रमण दर छ भने संक्रमितमध्ये १.९ प्रतिशत मृत्युदर छ।

काठमाडौंमा हालसम्म ८ सय ३ जनाको मृत्यु भएको छ। त्यसैगरी भक्तपुरमा १ सय ६५ र ललितपुरमा संक्रमणका कारण २ सय २६ जनाको मृत्यु भएको छ।

 

२२ बैशाख, २०७८, १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।