कोरोना सङ्क्रमित भोजप्रसाद बने स्वास्थ्य मन्त्री, आइसोलेसनबाट सिधै शपथग्रहणमा

कोरोना सङ्क्रमित भोजप्रसाद बने स्वास्थ्य मन्त्री, आइसोलेसनबाट सिधै शपथग्रहणमा

१६ दिनअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका श्रेष्ठ सिधै मन्त्रीको शपथग्रहण कार्यक्रममा उपस्थित भएका थिए। उनले शपथ लिएर मन्त्रीको जिम्मेवारी सम्हाले।
मुख्यमन्त्री शङ्कर पोखरेलले गरेको तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीन मन्त्रीमध्ये श्रेष्ठ होम आइसोलेसनबाट सिधै शपथ ग्रहण समारोहमा उपस्थित भएका हुन्।
उनले आज पुनः कोरोना परीक्षणको लागि स्वाब दिइए पनि नतिजा आई नसकेको श्रेष्ठको सचिवालयले जनाएको छ ।

२२ बैशाख, २०७८, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।