कर्णालीमा टिप्पर खस्दा चालक र सहचालक बेपत्ता

कर्णालीमा टिप्पर खस्दा  चालक र सहचालक बेपत्ता

मंगलबार राति करिब १० बजेतिर बा५ख २१८३ नम्बरको टिप्पर कालिकोट र दैलेखको सिमानामा पर्ने आठबीस  नगरपालिका-४ कोटेसल्ला भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार टिप्पर खस्दा चालक र सहचालक बेपत्ता भएका छन्। टिप्परमा सामान कति थियो भन्ने थाहा नभए पनि इन्ट्री गर्दा चालक र सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ।

टिप्पर कर्णाली राजमार्गबाट करिब १५० मिटर तल नदीमा खसेको हो।

नदीको बहाव धेरै भएकाले उद्धार कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

२२ बैशाख, २०७८, १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।