कर्णालीमा तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न संसदीय समितिको निर्देशन 

कर्णालीमा तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न संसदीय समितिको निर्देशन 

रिक्त रहेको स्वास्थ्य सेवा अन्तरगतको दरबन्दी पूर्ति गर्ने र तत्काल सो सम्भव नहुँदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्न समितिले प्रदेश सरकारलाई निर्देशन दिएको हो। सुर्खेतको मेहेलकुना अस्पतालमा तत्काल एउटा अक्सिजनसहितको एम्बुलेन्स व्यवस्था गर्न पनि समितिले भनेको छ। 

समितिले सबै अस्पतालहरूमा कोभिड रेस्पोन्स टोली बनाउन र कर्मचारीहरूको चुस्त व्यवस्थापन गर्न निर्देशन दिएको छ। यस्तै कर्णाली प्रदेशको मुख्य प्रवेश नाका रहेको बबईमा तत्काल एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउन पनि समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ।

हेल्थ डेस्क, होल्डिङ्ग सेन्टर र शौचालयको प्रबन्ध गर्न, कर्णाली प्रदेशमा रहेका जिल्ला अस्पतालहरूमा आवश्यक भौतिक संरचना, पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न कर्णाली सरकारलाई निर्देशन दिएको सामाजिक विकास समितिकी संयोजक देवी ओलीले जानकारी दिइन। 

समितिले कर्णाली प्रवेश गर्ने नाकाहरू बबई नाका, कपुरकोट नाका र कुइने नाकामा स्थलगत अध्ययन गरेर फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयलाई यस्तो निर्देशन दिइएको जनाएको छ ।

२२ बैशाख, २०७८, ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।