अध्यादेश जारी गरेर राष्ट्रपतिले पदीय गरिमाको धज्जी उडाइन्: नेविसंघ

अध्यादेश जारी गरेर राष्ट्रपतिले पदीय गरिमाको धज्जी उडाइन्: नेविसंघ

संंघले  संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको हो।
सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा ‘संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको घोर भर्त्सना गर्दै सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको' उल्लेख छ।
संसदीय मूल्य-मान्यता विपरीतको कदमलाई  कहिल्यै स्वीकार गर्न नसकिने भन्दै अध्यादेश जारी गरेर राष्ट्रपतिले आफ्नो पदीय गरिमाको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ।
अध्यादेश तत्काल  फिर्ता गरी संसद्को आगामी सत्रमा विधेयकका रूपमा पेस गर्न विज्ञप्तिमा माग गरिएको छ।

२२ बैशाख, २०७८, ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।