लुम्बिनीको डर्ट्री पोल्टिक्स: धम्क्याउँदै, मन्त्री बन्दै

लुम्बिनीको डर्ट्री पोल्टिक्स: धम्क्याउँदै, मन्त्री बन्दै

प्रदेश प्रमुखको संवैधानिक मर्यादा समेत ख्याल नगरी आफ्नै कार्यालयमा बोलाएर मुख्यमन्त्रीको शपथ खाएका उनले यो बिचमा तीन पटक मन्त्रीपरिषद् विस्तार गरिसके। मङ्गलवार उनले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै विपक्षीको साथमा पुगिसकेका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक मन्त्री बनाए।

यस अगाडि आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका राष्ट्रिय जनता पार्टीका सांसदलाई उनले मन्त्री बनाएर आफ्नो पक्षमा ल्याएका थिए। उनीहरूलाई पार्टीले कारबाही गरेर संसद् पद खारेज भए पनि पोखरेलले उनीहरूलाई पनि मन्त्री बनाए।

मन्त्रिपरिषद् विस्तार गर्दै विपक्षफबिनमंगलबार भएको  मन्त्रीपरिषद् विस्तारमा केही मन्त्रीहरुको जिम्मेवारी फेरिएको छ भने कोही नयाँ थपिएका छन्। तेस्रो पटकको मन्त्रीपरिषद् विस्तारमा रुपन्देहीका भोज प्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिए भने अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएका हरि रिजाल यसपालि ग्रामीण तथा सहरी विकास मन्त्री भएका छन्। त्यसै गरी यस अघि सामाजिक तथा शिक्षा मन्त्री रहेकी कल्पना पाण्डे अहिले उद्योग तथा वातावरण मन्त्रीमा नियुक्त भएकी छन्।

यस्तै वैजनाथ चौधरी आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोष कुमार पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत् छन्।

२१ बैशाख, २०७८, २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।