आज ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

आज ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक
फायल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। उनले आज ४ बजे आफ्नै सरकारी निवासमा आकस्मिक बैठक बोलाएका हुन्।

२ बजे मन्त्रिपरिषद्का सदस्यहरूलाई बैठकबारे जानकारी आएको थियो। बैठकको प्रयोजन भने खुलेको छैन। बढ्दो कोरोना सङ्क्रमणलाई लिएर सरकारबाट महत्त्वपूर्ण निर्णय आउन सक्छ। 

आइतबार कोरोना सङक्रमितको संख्या सात हजार नाघिसकेको छ। सङक्रमित दैनिक बढे पनि सो अनुसारको स्वास्थ्य पूर्वाधार निर्माण हुन नसक्दा अस्पतालहरुमा अत्यावश्यक बेड समेत पाउन कठिन बनिसकेको छ।

२० बैशाख, २०७८, १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।