भारतमा कोरोना सङ्क्रमणबाट थप १० नेपालीको  मृत्यु 

भारतमा कोरोना सङ्क्रमणबाट थप १० नेपालीको  मृत्यु 

काठमाडौँ : कोरोना सङ्क्रमणबाट भारतमा १० जना नेपालीका मृत्यु भएको छ। एक सातामा १० जना नेपालीले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएको गैर आवासीय नेपाली सङ्घले जानकारी दिएको छ।

हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट ७१ जनाले ज्यान गुमाएका छन्। 

सङ्घका अनुसार यो साता साउदीमा कोरोना सङ्क्रमणबाट थप एक जना नेपालीको ज्यान गएको छ। भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ। 

गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण भएको छ। ती मध्ये १७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।  

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्।  यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको 

२० बैशाख, २०७८, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।