कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। शर्माले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन्।

'ज्वरो आउनुका साथै जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएको थिएँ। सोमबार बिहानीपख रिपोर्ट आयो- पोजेटिभ,' उनले फेसबुकमा लेखेका छन्।

टेकु अस्पतालका डा अनुप बाँस्तोलाको निर्देशन अनुरूप औषधि सेवन सुरु कांग्रेस प्रवक्ता शर्माले बताएका छन्। 'म डेरामै आइसोलेसनमा छुl लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ,' उनले भनेका छन्।

२० बैशाख, २०७८, १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।