वीर अस्पतालको सर्किजल भवनमा केही दिनमा नै कोरोना सङ्क्रमितको उपचार

वीर अस्पतालको सर्किजल भवनमा केही दिनमा नै कोरोना सङ्क्रमितको उपचार

कोभिड अस्पताल चलाउनुपर्ने भएकाले केही काम बाँकी भए पनि निर्माण कम्पनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा हस्तान्तरण गरेको उनले बताइन्। 

मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले पनि सर्किजल भवन सञ्चालनका लागि अनुमति दिइएको पुष्टि गरे। 

५ सय बेड क्षमताको सो भवनको दुई वटा तला कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि तत्कालै सञ्चालनमा ल्याउन लागिएको अस्पतालका कोभिड˗१९ फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए। डा. कार्कीले दुई वटा तलामा २ सय बेड राखेर सञ्चालन गर्ने तयारी भएको बताए। उनले भने, ‘एक हप्तामा ५० बेड राखेर भए पनि सुरु गर्छौँ होला।’

अक्सिजन प्लान्ट सुचारु

वीर अस्पतालमा बिग्रिएको अक्सिजन प्लान्ट मर्मतपछि सुचारु भएको छ। प्लान्ट बनेको ४/५ दिन भएको डा. कार्कीले जानकारी दिए। उनले भने,‘सुचारु भएको पनि ४/५ दिन भयो।’

निमित्त निर्देशक डा. सापकोटाले प्लान्ट सुचारु भएपछि पाइप लाइनबाट अस्पतालको पुरानो भवनलाई सो प्लान्टबाट नै अक्सिजन पुग्ने बताइन्। डा. सापकोटाले भनिन्,‘सिस्टमको कुरा पनि आयो। सिस्टमले पुरानो बिल्डिङलाई भ्याउँछ। त्यही चलाइरहेका छौँ।’ 

डा. कार्की अस्पतालमा प्लान्टको अक्सिजनले नै पुगेकाले सिलिन्डर भने ब्याक अपका लागि राखिएको बताउँछन्। अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने डा. कार्कीले जानकारी दिए। डा. कार्कीले भने,‘दुई सय बेड सम्मलाई पुग्ने देखिएको छ।’

डा. कार्कीले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि १ सय ८ बेड बनाइएको पनि बताए। जसमा १० वटा आइसियु र ५ वटा भेन्टिलेटर रहेको कार्कीले जानकारी दिए। यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि ७६ वटा बेड छुट्टाइएको थियो। 

२० बैशाख, २०७८, ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।