चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउँदै सरकार

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउँदै सरकार

नेपालको परराष्ट्र मन्त्रालयमार्फत चिन सरकारसँग अक्सिजन सिलिन्डर अनुदानमा दिने विषयमा सम्झौता भएको जानकारी दिए। डा. पोखरेलले भने,‘चिनिया सरकारसँग परराष्ट्र मन्त्रालयको सम्झौता लगभग भइसकेको छ।’

स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डरको माग गरेपछि सिलिन्डर आयातका लागि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डा. पोखरेलले भने,‘२० हजार सिलिन्डर चीनले दिने बताएको छ। १-२ दिनमा सामान हिँड्छ होला।’

२० हजारमध्ये २ हजार (१० प्रतिशत) सिलिन्डर एक हप्ता भित्रै हवाई जहाजमार्फत ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए। डा. पोखरेलले भने,‘ २ हजार सिलिन्डर फ्लाइटबाटै मगाइदिनु भनेका छौँ।’

बाँकी १८ हजार स्थल मार्ग (ल्यान्ड रोड) बाट दुई हप्ताभित्रमा ल्याउने तयारी भएको उनले बताए।

चीनबाट ल्याइने सो सिलिन्डरमा नेपालमा उत्पादन अक्सिजन प्लानबाट अक्सिजन भर्न सिलिन्डरको भल्भ नमिल्ने भएपछि कम्पनिसँग मिल्ने भल् भएको सिलिन्डर पठाउन अनुरोध गरिएको उनले जानकारी दिए। डा. पोखरेलले भने,‘हाम्रो अक्सिजन उत्पादन गर्ने कम्पनीसँग भल् अलि मिल्दैन। हाम्रोमा त्यो भल्भ छैन भन्ने कुरा आयो। अनि हामीले यो भल् पठाइदिनु भनेका छौँ।’

केही दिनअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उकेरासँग नेपालमा करिब १ लाख अक्सिजन सिलिन्डर रहेको र थप २० हजार सिलिन्डर ल्याउने पहल भइरहेको बताएका थिए। नेपालमा तत्काललाई अक्सिजन अभाव नहुने भए पनि अक्सिजन सिलिन्डरको अभाव देखिएको छ।

सिलिन्डर स्टक नराखौँ

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमितको उपचारका क्रममा जटिल अवस्था भएका सङ्क्रमितहरूलाई अक्सिजनको सहज व्यवस्थापनको लागि सबै अस्पतालहरू तयारी अवस्थामा रहन आवश्यक रहेको जनाएको छ।

मन्त्रालयले अनावश्यक रूपमा खालि अक्सिजन सिलिन्डर होल्ड नगर्न, आफूसँग भएका अक्सिजन सिलिन्डरहरू यथाशीघ्र समयमै भर्न र आवश्यक परेमा अस्पतालसँग उचित समन्वय गरेर अक्सिजनको व्यवस्थापनको प्रबन्ध गर्न-गराउन पनि अनुरोध गरेको छ। 

१९ बैशाख, २०७८, ००:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।