२७ गते संसद् अधिवेशन आव्हान, प्रधानमन्त्रीले विश्वासको मत लिने 

२७ गते संसद् अधिवेशन आव्हान, प्रधानमन्त्रीले विश्वासको मत लिने 

प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि अधिवेशन आव्हान भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिनेछन्। 

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, काँग्रेसका ६३, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदको सङ्ख्या १/१ जना रहेको छ। काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बनमा परेका छन्। ओलीले प्रधानमन्त्री पदमा कायम रहन १३८ सांसदको समर्थन लिनुपर्छ।

मन्त्रिपरिषद् बैठक बस्नु अगाडी प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग वान टु वान भेट गरेका थिए। स्थायी कमिटीको बैठक लगत्तै शीतल निवास पुगेर ओलीले झन्डै एक घण्टा राष्ट्रपतिसँग छलफल गरेका थिए। 

१९ बैशाख, २०७८, २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।