प्रदेश

सुर्खेतमा २५ बोरा अवैध सुर्ती बरामद

उकेरा संवाददाता


सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले २५ बोरा अवैध सुर्ती बरामद गरेको छ। लकडाउनको उलङ्घन गर्दै आइतबार बिहान करिब सात बजेतिर क.प्र.२–००१–क०१२१ नम्बरको मालवाहक ट्रकले गोर्खा टोवाद्वारा उत्पादन गरिएका सुर्तीजन्य पदार्थसहित अन्य सामानहरू बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

अवैध सामानहरू खुलेआम लकडाउनका बेला विक्री वितरण गरेको सूचनाका आधारमा  ट्रक नियन्त्रणमा लिई सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए।

२५ बोरा गोल्डेन लिप्स सुर्ती राजश्व छली गरी बजारमा बिक्रीका गर्न लागिएको अवैध सुर्तीजन्य पदार्थ आन्तरिक राजश्व कार्यालयमा बुझाएको एसपी भट्टले बताए।

यस्तै खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो बियर चाउचाउ समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले चालक अछाम तुर्माखाँध गाउँपालिका वडा नम्बर ७ का ३२ वर्षीय अशोक शाहीलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....