उकेरा अपडेट

कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोगको आव्हान गर्ने

उकेरा संवाददाता


फाइल तस्बिर

काठमाडौँ : सरकारले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गर्ने भएका छन्। भोलि प्रधानमन्त्री ओलीले कोरोना खोप लगायतका स्वास्थ्य सामग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गर्न लाग्नु भएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए। 

मन्त्रीपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले भोलि सहयोगको आव्हान गर्ने जानकारी दिएका हुन्। मन्त्री श्रेष्ठका अनुसार बैठकले तत्काल २० हजार अक्सिजन ग्यास सिलिन्डर आयात गर्ने निर्णय गरेको छ। 

यस्तै बैठकले सीसीएमसीको सिफारिस अनुसार भोलि राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानलाई भने एक हप्ता समय दिने निर्णय भएको उनले बताए। 

बैठकले भारतसँगका २२ वटा सीमा नाकामा आवतजावत नै बन्द गर्ने निर्णय गरेको छ। अति आवश्यक परेमा आवश्यकता हेरेर चार्टर उडान भने गर्न दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। 

हरेक प्रदेशमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको मन्त्री श्रेष्ठले जानकारी दिए। सेनाले हरेक प्रदेशमा एक एक हजारका दरले होल्डिङ सेन्टर निर्माण गर्नेछ। 

कोरोना रोकथाम र नियन्त्रणमा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। बैठकले कोरोनाको अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई ६ महिनासम्म तलबको आधा रकम भत्ता दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....