उकेरा अपडेट

प्रधानमन्त्रीले वैशाख २७ गते संसद्को विशेष अधिवेशनमा विश्वासको मत लिने

उकेरा संवाददाता


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएका भएका छन्। विश्वासको मत लिनकै लागि संसद्को विशेष अधिवेशन वैशाख २७ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए। 

‘विश्वासको मत लिनका लागि मात्रै संसद्को विशेष अधिवेशन आव्हानको सिफारिस भएको छ,’मन्त्री श्रेष्ठले उकेरासँग भने 'प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिनुहुन्छ।’

सरकारले संसद्को बजेट अधिवेशन आव्हान गर्नु अगाडी एक दिनका लागि विशेष अधिवेशन आव्हानको सिफारिस गरेको हो। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र अविश्वासको प्रस्ताव संसदमा दर्ता नभए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन्। 

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, काँग्रेसका ६३, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदको सङ्ख्या १/१ जना रहेको छ। काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बनमा परेका छन्। ओलीले प्रधानमन्त्री पदमा कायम रहन १३८ सांसदको समर्थन लिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....